२०७९ माघ १७ गत मंगलवार | January 31, 2023

गृहपृष्ठ स्पेन सरकारद्वारा लकडाउनमा थप कडाइ

स्पेन सरकारद्वारा लकडाउनमा थप कडाइ

पहिलो चरणको कोरोना महामारीबाट स्पेनमा धेरै जना वेक्तीको ज्यान गएको थियो भने मानिसका दैनिक क्रियाकलापमा पनि गम्भीर असर पारेको थियो।

इटाली हुँदै स्पेन प्रवेश गरेको कोरोना भाइरस (कोभिड -१९) कारण यतिखेर युरोपनै आक्रान्त छ।स्पेनका चर्चित शहर बार्सिलोना र क्याटलोनियामा कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई कडाइ गरिएको छ।

संक्रमण थप फैलिन नदिन लकडाउनलाई कडाइ गरेको स्पेन सरकारले जनाएको छ।क्याटोलोनियामा झन्डै दुई हप्तादेखि कोरोना संक्रमणदरमा तीव्रता आएपछि त्यहाँका नाइट क्लब ,सुपर मार्केट र भिडभाड हुने सार्वजनिक स्थानलाई बन्द गरिएको छ।

त्यस्तै स्पेन सरकारले सम्पूर्ण नागरिकलाई विशेष सावधानी अपनाउन अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु