Covid-19
City Express

साउदी अरबमा एक नेपाली पत्रकारको असामयिक निधन

साउदी अरबमा एक नेपाली पत्रकारको असामयिक निधन भएको छ।कोरोना संक्रमणका कारण स्याङ्जाका ३४ बर्षिय रोशन श्रेष्ठको मृत्यु भएको हो।

साउदी अरबको दमामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत श्रेष्ठको हिजो साझ मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

उनी रोजगारीको सिलसिलामा केही बर्षअघि अरब पुगेका थिए भने नेपाल अरब  डट कम मार्फत पत्रकारिता पनि जारी राखेका थिए।

श्रेष्ठ केही महिना नेपाल बिदा मनाएर कर्मभुमी अरब फर्केका थिए। उनी  करिब डेढ  बर्षअघि मात्र बिबाहबन्धनमा बाधिएका थिए।अरब पुगेको केही समयपछिनै ज्वोरो आउने,टाउको दुख्ने समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएको केही दिनमै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले आफन्तलाई जानकारी गराएको थियो।उनको शवलाई नेपाल पठाउने वा के गर्ने भन्ने बिषय टुंगो लागिनसकेको बताइएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु