गृहपृष्ठ अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक

नेपालका दुई ठुला एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेका छन्।विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने नीति अनुरुप नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स ) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका हुन्।
जुलाई ३१ तारिखदेखि हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ।
युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ। हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ।
चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ। आगामी दिनमा पनि आवश्यकताका आधारमा क्रमानुसार उडान तालिका सार्वजनिक गर्ने दुवै एयरलाइन्सले जनाएका छन्।