२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ पूर्वरथी खड्काको निधन

पूर्वरथी खड्काको निधन

नेपाली सेनाका तत्कालीन बलाध्यक्ष रथी कुलबहादुर खड्काको निधन भएको छ।

आमाशय सम्बन्धी समस्याको उपचारका लागि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पूर्वबलाध्यक्ष रथी खड्काको आज निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। स्व खड्काको आजै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। उनीप्रति सेनाको एक टुकडीले सम्मानस्वरुप अन्तिम सलामी अर्पण गरेको थियो।

पुर्ख्यौली घर लम्जुङ भई सेनाका विभिन्न पदमा रही ३८ वर्ष सेवा पुर्‍याएका ६९ वर्षीय खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी खड्कालाई प्रधानसेनापति नियुक्त गरेको थियो। यद्यपी, उक्त निर्णय कार्यान्वयन भएन।

बलाध्यक्ष खड्कालाई प्रधानसेनापति बनाउने निर्णयलाई तत्कालीन १८ राजनीतिक दलको आग्रहमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले उल्टाएर प्रधानसेनापति कटुवाललाई पुर्नबहाली गरेका थिए।

उक्त घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाटै राजिनामा दिएका थिए। कटुवालको बर्खास्ती र खड्कालाई प्रधानसेनापति बनाउने निर्णयसगै तत्कालील राजनीतिक घटनाले अर्कै बाटो लियो।

सेनापतिले तत्कालीन सरकारको आदेश पालना नगरेको जनाउँदै तत्कालीन सरकारले नागरिक सर्वोच्चताको विषय प्रखर ढङ्गबाट उठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु