गृहपृष्ठ रत्नपार्क ,मुकुन्दे ,जादु र याैन व्यवसाय
रत्नपार्क ,मुकुन्दे ,जादु र याैन व्यवसाय

बिदेश जाने सुरमा राजधानी बसाइँका क्रममा देखिएका दृश्यहरु
बि. एस.सि. तेस्रो बर्षकाे अध्ययन चलिरहेकाे थियाे। बिदेश जाने नशामा डुबिसकेकाे म काठमाडौंका कन्सल्टेन्सिहरु धाउने बानि परिरहेकाे थियो।
अमेरिकन एजुकेस्नल कन्सल्टेन्सि मार्फत IELTS गरेर लन्डनको गुडविल कलेजमा भिजा प्रकृयाकाे लागि तयारि भइरहेकाे थियाे। किर्तिपुर हाईट (नयाँ बजार) काे बसाइँ , त्रिचन्द्र कलेजकाे पढाइ र पुतलीसडककाे उक्त कन्सल्टेन्सिकाे धाइपाइ मै बितिरहेका थिए दिनहरु।
पढाइ र बैदेशिक कागजि प्रकृयाकाे झन्झटले वाक्क दिक्क भाकाे बेला कहिलेकाही रत्नपार्क नै हुन्थ्यो मेराे बिसाैनि। मुकुन्दे (मुकुन्द घिमिरे) ,ब्यापार-व्यवसाय , याैन व्यवसाय , जादुु आदि नै त्यतिबेला रत्नपार्कका मुख्यआकर्षणहरु थिए। सस्ताे मूल्यमै किनमेल गर्न पाइने र निशुल्क मनाेरञ्जन लिन पाइने भएकाले , मध्यमवर्गीय र न्यूनवर्गीहरुकाे सपिङ महल न थियाे रत्नपार्क।
त्यतिबेला रत्नपार्कका मुख्यआकर्षका केन्द्र थिए मुकुन्दे (मुकुन्द घिमिरे )
अहिलेपनी युटुब च्यानलहरुमा उनका अन्तर्वार्ता आइरहेका हुन्छन्। रत्नपार्ककाे बिचमा रहेकाे रुखमा चढेर कलात्मक रुपमा समसामयिक बिषयमा बाेल्ने पात्र थिए मकुन्दे। रुखकाे वरिपरि झुम्मिएका दर्जनाै मानिसहरूलाई दिनभर जसाे आकर्षित गरिहन्थे उनले।
उनले समसामयिक बिषयमा कलात्मकरुपमा आफ्नो भनाइ स्पष्ट राख्ने गर्दथे। त्यसैले हाेला सायद दर्जनाै मानिसहरुले निरन्तर उनलाई साथ दिइनैरहन्थे।
प्रत्येक दिन फरक-फरक बिषयवस्तुमा बाेल्ने भएकाले उनी आकर्षणका केन्द्र बनिनैरहन्थे। उनी अहिले सायद रत्नपार्क छाेडिसकेका हाेलान ,उनलाई अहिले युट्युबमा बाक्लै भेट्न सकिन्छ।
रत्नपार्ककाे अर्को आकर्षण भनेकाे खुद्रा व्यापार
सस्तो मुल्यमा विभिन्न उपभाेग्य सामाग्रीहरु किनमेल गर्न पाइन्थ्यो। ५ सयमा जुत्ता , १०० काे दुइवटा टिसर्ट लगाएतका आवाज दिदै व्यापार गरिरहेका हुन्थे हरेकदिनजसाे व्यापारी।
किनमेल गर्नेहरुकाे पनि बाक्लै उपस्थिति हुने गर्दथ्याे हरेेेक दिन । लत्ताकपडा , खाधसामाग्रि ,जडिबुटीका अैाषधिहरु ,खाजानास्ता लगाएतका वस्तुहरु उपलब्ध हुन्थ्याे त्यहाँ।
कुनै व्यापारीले माैखिकरुपमा त कुनै व्यापारीले रेकर्डेट बिज्ञापन बजाएर ,कस्टमर तान्ने प्रयास गरिन्थ्यो। थारै पैसा भएका उपभोक्ताहरुकाे मुख्य राेजाइ नै रत्नपार्क हुने गर्दथ्याे किनमेलकाे लागि। थाेरै धनपैसा हुनेहरुकाे रत्नपार्क सपिङ महलनै थियाे।
रत्नपार्ककाे अर्को मुख्य आकर्षण यौन व्यवसाय
स्ट्यान्डर्ड याैन व्यावसायि र ग्राहकहरुकाे लागि स्टार तथा नामुद हाेटलहरु हुनेगर्दथे केन्द्र। मध्यमवर्गीय याैन व्यावसायि र ग्राहकहरुकाे लागि ठमेल चर्चित थियाे भने तेस्रो दर्जाका याैन व्यावसायि र साेहि अनुसारका ग्राहकहरुकाे लागि रत्नपार्क नै थियाे आकर्षण।
त्यहाँ कुनै सस्थागत रुपमा नभइ व्यक्तीगत रुपमै याैन व्यावसायिले प्रत्यक्ष ग्राहकसँग बार्गेनिङ गर्नेगर्थे भने याैन क्रिडास्थल व्यावसायिकैै रुम हुने गर्दथ्याे।
रुखहरुकाे अेाझेल परेर हातमा मेबाइल समाएर चारै तिर चनाखो भएर आँखा घुमाइरहेका महिलाहरुलाइ याैन व्यावसायिनै हुन भनेर सहजै अनुमान लगाउन सकिन्थ्यो।
प्रायगरी ५०० बाट शरु हुने बार्गेनिङ ग्राहक र व्यावसायिकाे सहमतिमै टुंगाएर दुबै जना गन्तव्यतिर जाने गर्दथे। कोही ग्राहकहरुचाहिँ याैनतृष्णा नभएपनि ,रमाइलो र समय बिताउकै लागि पनि बार्गेनिङ गरेजस्ताे दृश्य देखिन्थ्यो।
सायद यहि व्यावसायिबाट नै आफ्नो र परिवारकाे पेट पाल्थेे हाेला। व्यावसायि भने ग्राहकहरुले यहि बाटनै याैनतृष्णा मेटाउने कार्य गर्थेहाेला।
रत्नपार्ककाे अर्को आकर्षण जादु
हरेकदिन जसाे ३/४ समूहले रत्नपार्कमा जादु देखाउने गर्दथे। ती प्रत्येक समुहरुलाई हरेकदिन वरिपरिबाट दर्जनौं दर्शकहरुले घेरिनैरहेका हुन्थे। विभिन्न कलात्मक र आकर्षक शैली अपनाएर जादु देखाउनेहरुले दर्शकहरूबाट सहजै पैसा झार्न सफल हुन्थे।
कहिले कलाबाट चित्तबुझाएर त कहिले भय तथा डर सृजना गरेरै पैसा झार्ने गर्दथे। तर पनि उनीहरुको लागि दर्शकहरुकाे कमि चाहिँ हुदैनथ्यो। कहिले जिउँदै मान्छेलाई बाेरामा राखेर त्यसकै आन्द्रा निकाल्थे त कहिले उभिएकाे दर्शककै लिंग फेरिएदिएकाे जादुगरले दाबि गर्दथे।
जादुमा सहभागी दर्शकले सो कुरा सहर्ष स्विकार्थे।याे साँचाे हाे या ती दर्शक जादुगरबाट किनिएका हुन्, त्याे चै रहस्यमय नै हुन्थ्याे। ती जादुगरहरुकाे आफू र आफ्नो परिवार पाल्ने स्रोत यहि नै थियाे हाेला भने दर्शकहरुचै थोरै -धेरै पैसा फ्याक्ने र मनाेरञ्जन लिने गर्दथे।
हरिया बाेटबिरुवाहरुकाे बीचमा रहेकाे दुबाेसहितको चौरमा विभिन्न समूह बनाएर बदाम खादै शितल ताप्नेहरुकाे पनि बाक्लै उपस्थिति हुनेगर्दथ्याे।
पानी नभए पनि ससाना कृतिम पाेखरिहरु र पानिका फाेहरा फ्याक्ने संम्रचनाहरु पनि थिए तर ती व्यवस्थित चाहिँ थिएनन्। भुइँमा जताततै फाेहाेर हुन्थ्यो। त्यसकाे व्यवस्थापनमा सम्बन्धित निकाय निरिहजस्ताे देखिन्थ्याे।
सबै कुराहरु र गतिविधिहरुलाई व्यवस्थित गर्नसकेकाे भए धेरै जनाकाे राेजिराेटि चल्ने , मनाेरञ्जन गर्ने , जाडाेमा घाम र गर्मिमा शितल ताप्ने मनाेरञ्जन स्थल बन्न सक्थ्यो हाेला।
पार्कहरु ब्यबस्थित गर्न नितान्त जरुरी
देशकाे राजधानीमा रहेका यस्ता पार्कहरुलाई सरकारले व्यवस्थित बनाउन सकेमा स्थानीय तथा बाह्य पर्यटकहरु भित्राउन सकिने सम्भावना प्रवल हुने थियो।अर्को तर्फ आर्थिक लाभसँगै राजधानी आकर्षणको केन्द्रबिन्दु बन्ने थियो।सरकार र सम्बन्धित निकायले समयमै ध्यान दिन नितान्त आवश्यक देखिन्छ।
जय देेश जय नेपाल