गृहपृष्ठ बुधवार २१० संक्रमित थपिए,कोरोना संक्रमणका कारण थप दुईको ज्यान गयो
बुधवार २१० संक्रमित थपिए,कोरोना संक्रमणका कारण थप दुईको ज्यान गयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज मात्रै २१० जना वेक्तीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो संख्या थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।वीरगञ्जमा थप दुईजनाको कोरोनाका कारण ज्यान गएको छ।
एकजना कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो भने अर्का एकजनाको मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
मृत्यु हुनेमा एक जना ६८ बर्षिय वृद्ध रहेका छन् भने अर्का एक जना ७२ बर्षिय वृद्ध रहेको जनाइएको छ।यो सँगै नेपालमा कोरोनाका कारण ज्यान जानेको संख्या ५१ पुगेको छ।