Covid-19
City Express

निर्मला हत्या प्रकरण :पूर्व एसपी बिष्ट सहित आठ प्रहरीले पाए सफाइ

कञ्चनपुरकी १३ वर्षीय बालीका निर्मला पन्त हत्या प्रकरणमा मुद्धा खेपिरहेका आठैजना प्रहरीले सफाई पाएका छन्।

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी डिल्लीराज विष्टसमेतका आठैजना प्रहरीले सफाई पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले सो फैसला गरेको हो।

प्रमाण नष्ट र यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का बिरुद्ध यातनाबिरुद्धको कसुरमा खड्कसिंह बिष्ट बादी र सार्बजनिक न्यायका बिरुद्ध कसुरमा दुर्गादेबी पन्त बादी रहेको ‘सार्बजनिक न्याय बिषयको कसुर’ मुद्धामा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साँउद विरुद्ध जिल्ला अदालतल कञ्चनपुरमा जाहेरी दिएका थिए।

अदालतमा दर्ता भएका दुई मुद्धामा बिहीवार प्रहरी कर्मचारीलाई सफाई दिने फैसला सुनाएको छ। खड्कसिंह बिष्ट बादी रहेको ‘यातनाबिरुद्धको कसुर’ र दुर्गादेबी पन्त बादी रहेको ‘सार्बजनिक न्याय बिषयको कसुर’ मुद्धामा जिल्ला अदालतले फैसला सुनाएको हो। जिल्ला न्यायाधीश गोपालप्रशाद बास्तोलाको इजलासमा यी दुई मुद्धाको बुधबार देखि सुनुवाई भइरहेको थियो।

प्रमाण नष्ट र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले गत पुस ३ गते जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा नेपाल प्रहरीले अनुसनधान गरी अभियोग चलाइएको थियो।

सरकारले तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बन गरेको छ। घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानविन समितिले समेत औंल्याएको थियो।

२०७५ साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षिया बालिका निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट बिहान उखुबारीमा शव भेटिएको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु