२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ एसईईको नतिजा यहीँ साता आउने

एसईईको नतिजा यहीँ साता आउने

रास्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा यहीँ साता प्रकाशित गर्ने भएको छ। कोरोना माहामारीका कारण परीक्षा लिने अवस्था नभएपछि विद्यालयले दिएको आन्तरिक मूल्याकंन नम्बरका आधारमा नतिजा प्रकाशित गर्न लागिएको हो।

बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाए पनि कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशितमा ढिलाई भएको स्पष्ट पारेको छ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको छ। उनका अनुसार अहिले विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ।

खकुरेलका अनुसार अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गरिनेछ । साउन २१ भित्रै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ।

नतिजा प्रकाशित भएपछि विद्यार्थीमा देखिएको अन्यौलता पनि केही हदसम्म कम हुने अपेक्षा गरिएको छ भने  ग्रेडको आधारमा कलेजले विद्यार्थी भर्ना गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु