गृहपृष्ठ नेपालमा आइतबार २ सय ४६ कोरोना संक्रमित थपिदा १११ जना निको भएर घर फर्किए
नेपालमा आइतबार २ सय ४६ कोरोना संक्रमित थपिदा १११ जना निको भएर घर फर्किए

कोरोना संक्रमण रोकिने कुनै संकेत अहिलेसम्म देखा परेको छैन भने दिनप्रतिदिन बढ्नेक्रम जारी छ।नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १११ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ।हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ५८ पुगेको छ।