गृहपृष्ठ नेपालमा कोरोना संक्रमित संख्या २१ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमित संख्या २१ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ।कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ।यसरी हालसम्म कोरोना संक्रमित भैइ ज्यान जानेको संख्या ५८ पुगेको छ।