२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह  गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए।

लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो। जहाँ ४० जना मात्रै पाहुना भएको स्थानीय मिडियाले जनाएका छन्। मरिन र मर्कुस् सँगै बस्दैआए पनि विवाह भने यहीँ १ अगस्टमा सम्पन्न भएको हो। मरिन र मर्कुस्को साथमा २ वर्षीया एक छोरी, एमा अमालिया मरिन समेत छिन्।

गत डिसेम्बरमा फिनल्याण्डको प्रधानमन्त्री पदमा चुनिएको बेला मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । मरिनले आफ्नो मन्त्रिमण्डलमा वहुमत मन्त्रालय महिलाको जिम्मामा दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु