गृहपृष्ठ माया मारेर गीतले दर्शकको माया लुट्यो,छोटो समयमै एक करोड भन्दा बडि दर्शक झुम्मिए
माया मारेर गीतले दर्शकको माया लुट्यो,छोटो समयमै एक करोड भन्दा बडि दर्शक झुम्मिए

वर्तमान समयमा चर्चाको शिखरमा रहेका गायक मध्ये एक नरेश खातिको नाम पनि अग्रपंक्तिमा आउँछ।
विगतमा पनि उनी द्वारा श्रीजना गरेका धेरै गीत दर्शक-श्रोताको मन-मुटुमा बस्न सफल भएका छन्।पछिल्लो समय कोरोना कहरकै बीचमा उनले माया मारेर नामक गीत बजारमा ल्याए।
सुन्दा भावमा डुबिने,घृणा गरेर प्रेम छुट्टीएको भएपनि पुनः प्रेम जोडौ हुने उक्त गीतले धेरैको टुट्नै लागेको माया-प्रेमलाई जोडेको खबरहरु आईरहेका पनि छन्।
नरेश खाती यस्ता कलाकार हुन् जसले मौलिकता र नेपालीत्व झल्काउने गीतहरुलाईनै प्राथमिकतामा राख्ने गर्दछन्।समसामयिक र घटिरहेको घटनाक्रमलाई टपक्कै गीतको लयमा ढालेर ल्याइएको माया मारेर गीत नेपालमा मात्रै हैन कि बिदेशमा पनि बस्ने अधिकाशं नेपालीको मुखमा झुन्डिएको छ।
यो गीत सामाजिक संजाल र टिकटकमा पनि अत्याधिक भाइरल बन्यो। के बुढा,के बच्चा ,के युँवा हरेकको तन-मनमा अड्डा जमाएको यस गीत झन्डै २ महिनामै एक करोड भन्दा बडि दर्शकले हेरेका छन्।
गायक नरेश खातिको शब्द श्रीजनामा स्वयं खातिकै आवाज रहेको छ भने महिलातर्फ अहिलेकी भाइरल गायिका समिक्षा अधिकारीको दमदार स्वर रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन पनि गायक खातीले नै गरेका छन्। म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ।
यति छोटो समयमै करोडौ दर्शकले गीत मन पराउनुको राज केछ भनेर हामीले गायक खातीसँग जिज्ञासा् राखेका थियौ!उक्त प्रश्नको जवाफमा गायक खातिले हामीलाई भनेका थिए।” सबैभन्दा ठुलो कुरानै दर्शकको माया हो।दर्शक-श्रोताले गीतलाई औधी मन पराइदिनु भयो,हाम्रो श्रीजनालाई न्याय गरिदिनु भयो।जुन बिषयले हामीलाई हौसला मिलेको छ।मौलिक र साधारण गीतनै दर्शको रोजाइमा पर्छ भन्ने यस गीतबाट पुष्टि भएको छ”।
आगामी दिनमा पनि समसामयिक र मौलिक गीतलाईनै प्राथमिकता राख्ने गायक खातिको भनाइ छ।