गृहपृष्ठ सरकारद्वारा रातिमा हिँडडुल गर्न रोक
सरकारद्वारा रातिमा हिँडडुल गर्न रोक

कोरोना संक्रमण बढेसँगै सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।
कोरोना भाइरसको उच्च संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागु हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए। उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागु हुने छैन।’
सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर-बिजोर प्रणाली लागु गरेको छ।यो निर्णयबाट मानिसहरूको आवागमनमा केही असहजता देखिएपनि कोरोना थप फैलिन नदिन विशेष सावधानी अपनाएको सरकारले जनाएको छ।