२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणका कारण थप ५ को ज्यान गयो,कुल मृतक संख्या ६५ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण थप ५ को ज्यान गयो,कुल मृतक संख्या ६५ पुग्यो

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको ज्यान गएको छ।यो सँगै मृत्यु हुने संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज मात्रै ३ सय ६० जना वेक्तीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कुल संक्रमित संख्या २१ हजार ७ सय ५० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २३३ जना संक्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु