२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा शुक्रबार ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।

नयाँ थपिएसँगै कुल संक्रमित संख्या २२ हजार २ सय १४ पुगेको छ।मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाले ज्यान गुमाएका छन् भने कुल मृतक संख्या ७० पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु