२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ क्वारेन्टिनमा रहेकी एक युवतीले गरिन् आत्महत्या

क्वारेन्टिनमा रहेकी एक युवतीले गरिन् आत्महत्या

नेपालमा एक युवतीले आत्महत्या गरेकी छन्।काभ्रेको बेथानचोक गाउँपालिका वडा न. ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन्।

गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो। गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका थिए। आफन्तले क्वारेन्टिन भवनलगायत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका थिए।

आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।त्यहाँको स्थिति अहिले भने नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु