२०७९ माघ २१ गत शनिवार | February 04, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमण दर उच्च,एकैदिन थपिए ३ सय ८० जना

नेपालमा कोरोना संक्रमण दर उच्च,एकैदिन थपिए ३ सय ८० जना

नेपालमा आइतबार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका ३७ वटा प्रयोगशालमा गरिएको परिक्षणमा ३ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।त्यस्तै आइतबार ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३५३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

आजसम्म ६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए। यो समाचार तयार पार्दासम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या संख्या ७३ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु