२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ भत्कदै पार्टी, खुम्चिदै सरकार, फैलदै कोरोना

भत्कदै पार्टी, खुम्चिदै सरकार, फैलदै कोरोना

कोरोना फैलिदै,त्रास बढ्दै

नेपालमा कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेको छ।अहिलेसम्म नियन्त्रण हुने कुनै संकेत देखा परेको छैन भने नागरिकहरुमा त्रास कायम रहेको देखिन्छ।दैनिक कामकाज प्रायः ठप्प छ।

दैनिक मजदुरी गरेर जिविको पार्जन गर्ने मानिसको अवस्था थप कठिन हुँदै गएको छ।हरेक ठाउँ,हरेक स्थान आज कोरोना भाइरस संक्रमणले गिजोलेको छ।हरेक नागरिकको मनमा केवल एउटा् भय छ।कोरोना भाइरसले आक्रमण गर्छ की! समयमै उपचार नपाएर ज्यान जाने होकी!अहिले आमनागरिकमा उत्साह छैन बरु निराश,हतास मनस्थितिको मात्र कृया व्यक्त गरिरहेका छन्।

यो अवस्थामा सत्ताधारी  पार्टीले के गरिरहेको छ त?

सकार संचालन गरिरहेको सत्ताधारी नेकपा भित्र विवाद उत्कर्षमा छ।नेताहरू आम जनताको जीवन कसरी सहज गराउने,कोरोना महामारी कसरी नियन्त्रण गर्ने भन्ने तर्फ ध्यान केन्द्रीत गर्नु भन्दा पनि पद र शक्तिको बार्गेनिङमा अभिशप्त छन्।

सत्ताधारी पार्टी आन्तरिक विवादमा रोमलिएको छ।हरेक दिन दुइ अध्यक्ष बीच वार्ता र बैठक भैरहेका छन्।बैठककको नाम विवाद समाधान बैठक भनिन्छ।आज ३ घण्टा बैठकमा बसे दुई नेताहरु भनेर रास्ट्रिय मिडिया लगायत दर्जनौ मिडियामा समाचारको हेडलाईननै आउँछ।

खबरको चुरोमा पुग्दा परिणाम निस्कर्षबिहिन भनेर टुंगिन्छ। कहिले सचिवालय बैठक, कहिले स्थायी समिति बैठक, कहिले प्रचण्ड पक्षिय नेताहरुको बैठक , कहिले केपी ओली पक्षिय नेताहरूको बैठक कहिले माधव नेपाल पक्षिय नेताको बैठक ,कहिले वामदेव गौतम पक्षिय नेताको बैठक। यो बैठकको शिलशिला हेरिरहँदा अब नामनै नेकपा पार्टी नभएर नेकपा बैठक भनेर राख्दा उपयुक्त हुने जस्तो देखिन्छ।

देशको अवस्था दयनीय हुँदै गैरहेको छ।कतिपय ठाँउका जनताहरु एक छाक खानाको अभावमा ज्यान गुमाइरहेका छन् भने कोरोना महामारीले गर्दा अवस्था नाजुक छ।दुख पाइरहेका जनतालाई राहात वितरण गर्ने,संक्रमण फैलिन नदिन चुस्तदुरुस्त ब्यब्स्था गर्ने तर्फ सत्ताधारीको ध्यान फिटिक्कै गएको देखिदैन।नेताहरु केवल आफ्नो पद र शक्ति सन्चय गर्न दौडधुप गरिरहेका छन्।

सरकार के गरिरहेको छ!गर्नुपर्ने खास के हो?

अहिले पर्दामा हेर्दा सरकार ठ्याक्कै आफ्नो कुर्सी बचाउने,शक्तिलाई बलियो बनाउनेतर्फ मात्र ध्यान केन्द्रीत गरेको देखिन्छ। यद्यपि रास्ट्रियताको सवालमा केही सकारात्मक कार्य गरेको पक्कै छ।

आजसम्म कुनै प्रधानमन्त्रीले सिमा मिचिएको विरुद्ध बोल्ने आट गरेको देखिएको थिएन। विगतदेखिनै भारतीय दबदबा कायम रहिरहेको अवस्थालाई हेर्ने हो भने सरकारले कडा प्रतिक्रिया दिएको ठिकै हो भन्ने समुह एकातिर छ। अर्कोतर्फ छिमेकीलाई धेरै चिडाँएको गलत हो भन्ने जमात पनि छ।तर जे होस् सारांशमा ठिकै हो।

यद्यपि जनताका जनजीविका सम्बोधन गर्ने सवालमा सरकार असफल भएको देखिन्छ।यो सरकार गठन भएको झन्डै साढे दुई बर्ष भयो।यो अवधिमा सरकारले मनै लोभ्याउने प्रशंसनिय ठोस कार्य गरेको देखिदैन।सपनाहरू धेरै बाडिए,योजनाहरु धेरै छताछुल्ल पोखिए जुन सतहिमा जनताले परिणाम पाएनन्।

सबैभन्दा ठुलो समस्या बेरोजगारी समस्या हो।दिनप्रतिदिन सयौंको संख्यामा युवायुवतीहरु पैसा कमाउनकै लागि विदेश पलायन भैरहेका छन्।कम्तिमा यो न्यूननिकरण गर्न पनि सरकार असफल देखिएको छ।

भ्रष्टाचारमा शुन्य सहनसिलता भन्ने कुरा बारम्बार प्रधानमन्त्रीको मुखबाट शब्दहरू निस्किरहेका छन् ।भ्रष्टाचार गर्नेलाई ठाउँको ठाँउ कार्वाही गर्ने सरकारको हुर्मत पनि बोलीमा मात्र सिमित भएको छ।सरकारकै मन्त्रीहरू भ्रष्टाचार कान्डमा मुछिएका घटनाहरु सार्वजनिक भैरहँदा पनि अख्तियार जस्ता निकायहरू मौन छन्।

साना कर्मचारी खरदार र सुब्बालाई मात्र कार्वाही गरेजस्तो गरेर देखावटी संस्कार मात्र बसालिएको छ।दुरदराजका जनताहरु यातायात र अस्पतालको अभावमा सामान्य रोग लाग्दा पनि ज्यान गुमाउन बाध्य छन्।

संघियता अन्तर्गत केन्द्र सरकार प्रदेश सरकार ,स्थानिय सरकार तीन तहका सरकार छन्।जति तहका सरकार भएपनि जनताका समस्या ज्युका त्यु छन्।जनताको टाउकोमा केवल ऋण मात्र थोपरिएको छ।कर बढाइएको छ।औंलामा गन्नेगरी पनि सर्हानिय कार्य भएको खासै छैन।

अझै पनि सरकारले चाहेको खण्डमा धेरै काम गर्न सक्छ।पछिल्लो समय कोरोना महामारी देशैभरी फैलिएको छ।कोरोना संक्रमण न्यूनिकरण गर्न प्रभावकारी कदम चाल्ने।हरेक क्षेत्रमा सुरक्षित क्वारेन्टाइन सहितको अस्पताल निर्माण गर्ने,रोग लागेको ठाउँमा तत्काल स्वास्थ्यकर्मी र औषधिको ब्यबस्था गर्ने,दुरदराजका जनताको लागि यातायातको ब्यबस्था गर्ने,आर्थिक अभावमा खान समेत धौ-धौ परेका जनतालाई आर्थिक प्याकेज सहितको ब्यबस्था गर्ने,

विदेशमा फसेका नेपालीहरुलाई थप उडानको ब्यबस्था गरेर तत्काल नेपाल ल्याउने कार्य प्रभावकारी रुपमा गर्न जरुरी देखिन्छ।केही गरेजस्तो देखिएको छ तर प्रभावकारीरुपमा गर्नु पर्ने सख्त आवश्यकता छ।अहिले कोरोना महामारीको सरकारको लागि बाधक बन्यो।

यद्यपि महामारी पूर्व पनि उल्लेख्य केही भएको छैन।तसर्थ आगामी दिनमा सम्पूर्ण सरकारको शक्तिनै बिकासका निर्माणका कार्यमा जनतालाई महशुस हुने गरी दिलोज्यान दिएर लाग्नु पर्दछ।बोलेर भन्दा पनि काम गरेर देखाउने तर्फ सरकार कृयाशिल हुन जरुरी छ।अहिलेलाई यति गरे पनि धेरै राहात हुने छ।

प्रतिपक्षी नेपाली काङ्ग्रेस औपचारिकतामा मात्रै सिमित

नेपालको सबैभन्दा पुरानो नेपाली काङ्ग्रेस पार्टी इतिहास बोकेको भनेर यसका नेता र शुभचिन्तक गर्व गर्न मरिहत्ते गर्छन्।विगतदेखि वर्तमान समयसम्म आइपुग्दा अहिलेको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले दर्जनौ पटक सरकारको नेतृत्व गर्यो तर धेरै गर्व गर्न लायक काम गणनामा आएका छैनन्।

यो पार्टीका नेताहरू पनि पटकपटक सरकारको प्रधानमन्त्री र मन्त्री भए। जनतालाई आश्वासन धेरै बाडे तर काम भने आफ्नो परिवार र नातागोता सपार्ने बाहेक गाजब काम यिनिहरुले पनि गरेका छैनन्।वर्तमान समयमा सरकारका गलत कामका विरुद्ध खबरदारी गर्ने र सचेत गराउने प्रतिपक्षीको दायित्व हो।यो पार्टी सरकारका गलत कामका विरुद्ध आवाज उठाउनु त कता हो कता!आफैभित्र जुहारी चलेको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच जुहारी चलेको छ।कसरी आफ्नो मान्छे पार्टीका विभागमा भर्ती गर्ने र गुटलाई मलजल गर्ने भन्ने तर्फनै हानथाप छ ,यी दुईको।

अहिले पर्दामा देखिनेगरी बोल्ने युवा नेता गगन थापा हुन् तर उनको कुरा पार्टीमा सुन्ने कोही छैन।यो पार्टीबाट पनि चमत्कार हुने केही देखिदैन।बुडापाका नेताहरूलाई बिदा दिएर उर्जावान युवा नेताले काङ्ग्रेसको नेतृत्व गरे केही फल पाक्ला नभए पाकेको फल पनि कुहिएर जाने निश्चित छ।

न्यायलयमाथी अविश्वासको खाडल बढ्दो

अन्यायका विरुद्ध न्याय खोज्ने एक मात्र ठाउँ अदालत हो।आजभोलि नेपालमा अदालतले न्याय दिन्छ भन्नेमा धेरै शंका उब्जेको छ।

न्यायको अभावमा छट्पटीएका नागरिकहरु अदालत गएर निसाफ पाइन्छ भनेर ढुक्क हुन छोडिसके।कारण यो हो,गम्भीर अपराधका मुद्दामा पनि अदालतले पिडकलाई छुट दिदै जानु।

पछिल्ला यस्तै खालका विवादास्पद आदेशले अदालतको गरिमा र निस्ठामा समेत आँच पुर्याएको देखिन्छ।अब जसको शक्ति उसैको भक्ति भन्ने लहडमा समाज बिभाजित हुने खतरा पनि त्यत्तिकै छ।ठुलालाई चैन,सानालाई ऐन भन्ने चरितार्थ कतै लागु भएको त हैन भन्ने आभास सृजना भएको छ।

पछिल्लो समयको करोडौं ठगी गरेको एनसेलको पक्षमा फैसला,आफ्नै श्रीमती हत्या अभियोगमा जेलको कठघरामा रहेका रन्जन कोइरालाको सजाय घटाएर थुनामुक्त गर्ने फैसला लगायतका फैसलाहरुले अदालतलाई विवादित बनाएको छ।

यी र यस्तै गलत क्रियाकलापले अदालतमाथी आमनागरिकको भरोसा टुट्दै गएको छ।आगामी दिनमा गलत नजिर बसाल्ने कार्य अदालतले सच्याउन जरुरी देखिन्छ।अन्यथा न्यायलय न्यायको केन्द्र हैन कि अन्यायको जोडघटाउ बन्ने खतरा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु