२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ सुनको मुल्यमा भारी गिरावट ,तोलामै ६ हजार २ सय घटयो

सुनको मुल्यमा भारी गिरावट ,तोलामै ६ हजार २ सय घटयो

निरन्तर बढिरहेको सुनको मुल्य बितेको तीन दिनयता भने घट्न थालेको छ। आज मात्र भारी मात्रमा सुनको मुल्य घटेको छ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामै ६ हजार २ सय रुपैयाँले घटेको छ। एकै दिन तोलामा ६ हजार रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो।

मंगलबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर आज बुधबार सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ। यस्तै तेजाबी सुनको कारोबार प्रतितोला रु ९४ हजार ९ सय तोकेको छ।

यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ।कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु