गृहपृष्ठ कोरोनाका कारण अस्ट्रेलियामा बेरोजगारी संख्या ह्वात्तै बढ्यो
कोरोनाका कारण अस्ट्रेलियामा बेरोजगारी संख्या ह्वात्तै बढ्यो

नेपालीहरुको आकर्षक गन्तव्य मध्ये एक अस्ट्रेलिया पनि हो।ठुलो संख्यामा नेपाली अध्यन तथा रोजगारका लागि जाने गरेको देशमा बेरोजगारी बढेको छ।
अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ। पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन्।
जुन र जुलाईको यो तथ्याङ्कसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ।अष्ट्रेलियाको तथ्याङ्क विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिएका छन्।उनले दिएको जानकारीअनुसार अष्ट्रेलियामा कोभिड १९ को सङ्क्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरूको सङ्ख्या बढ्दैगएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ।
अष्ट्रेलियामा पहिलो पटक यति धेरै सङ्ख्यामा बेरोजगारहरूको सङ्ख्या देखिएको हो। विश्व स्वास्थ्य सङ्गठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो।विश्वमा दुई करोडभन्दा बढी नागरिक यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ।
यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक सङ्क्रमित भएका छन्। त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ।संक्रमणकालिन अवस्था जारी रहेको खण्डमा थप बेरोजगार संख्या बढ्ने त्यहाँको श्रम मन्त्रालयले अनुमान गरेको छ।