गृहपृष्ठ लालिगुराँस औषधि प्रयोजनका लागि अत्यन्तै उपयोगी
लालिगुराँस औषधि प्रयोजनका लागि अत्यन्तै उपयोगी

नेपालको राष्ट्रिय फुल नै लालिगुराँस हो। लालिगुराँस हेर्दा जति राम्रो छ त्यतिकै मात्रामा उपयोगी पनि छ। पहाडी क्षेत्रमा पाइने लालिगुराँस जंगलमा फुल्ने गर्छ।
लालिगुराँस फुल्ने बेलामा जंगलै रंगरोगननै फेरेको हुन्छ। ढकमक फुलेको थरिथरिका लालिगुराँसको सुन्दर दृष्यले जो कोहीलाई मोहित बनाएको हुन्छ।राष्ट्रिय फुल भएको कारण लालीगुराँससँग हाम्रो भावनात्मक नाता जोडिएको छ भने हामी लालिगुराँसको सम्मान पनि गर्छौ। देख्नमा जति राम्रो छ त्यतिकै मात्रामा गुणकारी रहेको छ।
लालिगुराँसको जुस मानव स्वास्थ्यको लागि अत्याधिक लाभदायक रहेको छ। आयुर्वेदिक औषधीको रुपमा लालिगुराँसको फाइदाहरू थुप्रै रहेका छन्।
हेरौँ केके छन् त फाइदाहरु..
समुन्द्री सतह देखि करिब १५०० देखि ३६०० मिटर सम्मकै उचाइमा पाइने लालिगुराँस रातो सेतो गुलाबी आदि रङहरू रहेका हुन्छन्। प्राचीन समयमा नै लालीगुराँसलाई आर्युबेद औषधीको रुपमा प्रयोग गरिदै आइएको छ।
१. रातो रङको लालीगुराँसलाई पोषकतत्वले भरिपूर्ण रहेको मानिन्छ। यसको औषधीय गुणपनि त्यतिकै मात्रामा रहेको छ।
२. कलेजो मृगौला जस्ता समस्याको लागि गुराँसको जुस निकै फाइदाजनक रहेको छ।
३. हृदय रोग जस्ता जटिल रोगको समेत गुराँसको जुस सेवन गर्नाले निको हुन्छ।
४. गुराँसको जुसले हड्डी दुखाइको समस्या समेत निको हुने गर्छ।
५. उच्च रक्तचापको नियन्त्रण गर्नको लागि पनि लालिगुराँस लाभदायक रहेको छ।
६. घाँटीमा कुनै पनि खाने कुरा अड्कीएको बेलामा गुराँस खानाले निको हुन्छ।
७.लालिगुराँस फल्ने एउटा मात्र सिजन भएकाले अन्य बेलामा नपाइने हुँदा टिपेर सुकाएर राख्नुपर्नेछ।
८. गुराँसको फुल घरको मुल ढोकामा सजाउनाले घरमा नकारात्मक उर्जाहरु हटेर जाने र सकारात्मक उर्जा पैदा हुने मान्यता रहेको छ।