गृहपृष्ठ पोर्तुगलबाट एक नेपाली युवा हराए,परिवार तनावमा
पोर्तुगलबाट एक नेपाली युवा हराए,परिवार तनावमा

पोर्तुगलको राजधानी लिस्बनबाट एक नेपाली युवक हराएका छन्।
नेपाल सुनसरी घर भएका अन्दाजी २७ बर्षका अभिषेक आचार्य नामक युवा राजधानी लिस्बनको इन्तिदेन्तमा ५ दिन अघि देखा परेका थिए, त्यसयता उनी परिवार र साथी भाइहरुको सम्पर्कमा नरहेकोले खोजीका लागि परिवारले आग्रह गरेका छन्।
हिजो एनआरएनए पोर्चुगलले पनि एक सूचना जारी गरी खोजीका लागि अपील गरेको छ। उनको खोजीका लागि आजै एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुबेदिले प्रहरीमा पनि जानकारी दिएको बताए।