२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ रुसले औपचारिकरुपमा कोरोना विरुद्धको खोप उत्पादन सुरु गर्यो

रुसले औपचारिकरुपमा कोरोना विरुद्धको खोप उत्पादन सुरु गर्यो

रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ।बिबिसीले जनाए अनुसार गएको मंगलबार मानिसमा खोप परीक्षण गरेको रुसले यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन सुरु गरेको हो।

राष्ट्रपति पुटिनले खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको र बताएका छन्।खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा खोपको परीक्षण गरेका थिए ।

यो खोपमा फिलिपिन्स तथा अमेरिकाले विश्वास व्यक्त गरेका छन्। तिब्र गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरू ख्याल नगरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु