२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणदर उच्च,अवस्था जटिल हुने संकेत

नेपालमा कोरोना संक्रमणदर उच्च,अवस्था जटिल हुने संकेत

नेपालमा कोरोना संक्रमणले भयावह स्थिति पैदा हुने संकेत देखा परेको छ।हरेक दिन विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिनु ,ज्यान गुमाउने  संख्या निरन्तर उकालो लाग्नु र आर्थिक कारोबार प्राय ठप्प हुनु जस्ता कारणले जनजीवन अस्तव्यस्त अवस्थामा पुगेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार थप ६ सय ४१ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन्।

यो सहित कुल संक्रमित संख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयले पुष्टि गरेको छ।थप २ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संख्या १ सय ४ पुगेको छ।

प्रवक्ता जागेश्वर गौतमका अनुसार आज मात्रै १ सय ३४ जना व्यक्ति कोरोना मुक्त भएर घर फर्किएका छन्।यसरी कोरोनाबाट उन्मुक्ति पाएर घर फर्किनेको संख्या १७ हजार ३ सय ३५ रहेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु