गृहपृष्ठ आमाद्वारा आफ्नै ३ बर्षिया छोरीको हत्या
आमाद्वारा आफ्नै ३ बर्षिया छोरीको हत्या

प्यूठानमा आमाले आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेकी छन्।
जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर १ बांगेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षिय छोरी आयुस्माको घाँटी थिचेर हत्या गरेको स्थानीयले बताएका छन्।
मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार साँझ छोरीको हत्या गरेको बताइएको छ। छोरीको हत्या गरेको अभियोगमा प्रहरीले आमालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।