२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ ठुलो पहिरोका कारण म्याग्दीको हिलबाङ खोला थुनियो,आसपासका गाउँ जोखिममा

ठुलो पहिरोका कारण म्याग्दीको हिलबाङ खोला थुनियो,आसपासका गाउँ जोखिममा

म्याग्दीमा ठुलो पहिरो जादा हिलबाङ खोला थुनिएको छ।

अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ।

मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले भने “माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्‍न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ।

यसैबीच पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्‍न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो खसेको ठाउँतर्फ गएको छ। वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको जनाएको छ।

पहिरो स्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ। खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित भएका छन्। साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई जोखिम रहेकाले सजग रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु