२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ साहित्यमा एक युगको अन्त्य,रास्ट्रकवि घिमिरेको निधनले साहित्यप्रेमी स्तब्ध

साहित्यमा एक युगको अन्त्य,रास्ट्रकवि घिमिरेको निधनले साहित्यप्रेमी स्तब्ध

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको निधनले साहित्यप्रेमीहरु स्तब्ध बनेका छन्।उनको आफ्नै निवासमा निधन भएको उनकी छोरी डा किरण रेग्मीले जानकारी दिइन्।

वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिन्थे।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए।

उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

उनका कृतिले साहित्य बिकास र उत्थानमा अतुलनीय योगदान पुर्याएका छन्।घिमिरेको निधनले नेपालको साहित्य इतिहासमा एक युगको अन्त्य भएको विश्लेषकहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु