गृहपृष्ठ कोरोना संक्रमणको उच्च जोखिममा अमेरिका
कोरोना संक्रमणको उच्च जोखिममा अमेरिका

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन। बुधबार मात्रै अमेरिकामा ४४ हजार ९ सय ५७ नयाँ काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ।
याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ९ सय ३१ पुगेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ। अहिलेसम्म अमेरिकामा काेराेनाका कारण १ लाख ७६ हजार ३ सय ३७ पुगेकाे छ।
जसमा १ हजार २ सय ५६ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ।कुल संक्रमितमध्ये ३० लाख ६२ हजार ३३१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन्। बाँकी २४ लाख ६२ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजार ८७५ केस जटिल अवस्थाका रहेको जनाइएको छ।