Covid-19
City Express

नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो

नेपालमा आज मात्रै ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ।बिहीबारसम्म ११ हजार ७६८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ११ हजार ५५५ जना आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ११ हजार ८३२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख ६६ हजार २२० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ।

थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १२६ पुगेको मन्त्रालयले जनाएको छ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु