२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघ्यो

नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या तिब्रगतिमा बढिरहेको छ।कोरोनाका कारण ज्यान जाने संख्या पनि उकालो लाग्ने क्रममै छ।

पछिल्लो चौबीस घण्टामा ६३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ हजार ११७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा जानकारी दिए।

आज मात्रै १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ। सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु