गृहपृष्ठ प्रेमी भेट्न गएकी युवतीको रहस्यमय मृत्यु
प्रेमी भेट्न गएकी युवतीको रहस्यमय मृत्यु

मध्यरातमा केही कपडा समेत बोकेर प्रेमी भेट्न निस्केकी एक किशोरी मृत फेला परेकी छन्। एक वर्ष देखि प्रेम सम्बन्धमा रहेकी किशोरीलाई प्रेमीले बोलाएपछि उनी भेट्न पुगेको परिवारका सदस्यले दावी गरेका छन्।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरी भोलीपल्ट मृत फेला परेकी हुन्।प्रहरीले देह त्याग गरेको भन्दै अनुसन्धान फितलो बनाएको आरोपमा स्थानियले प्रहरी चौकी घेराउ गरेका छन्।
इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गर्न पुगेका स्थानियले किशोरीले देह त्याग नगरेको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग राखेका छन्। प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरसंग एक वर्ष देखि प्रेममा रहेकी करुणा रहेको किशोरीका परिवारको दावी छ। उनीहरु दुवै जना कक्षा १० मा पढ्छन्।
सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर करुणालाई भेट्न बोलाएको र करुणा केही कपडा समेत बोकेर गएको परिवारका सदस्यको भनाई छ। कपडा समेत बोकेर गएका कारण उनीहरु विवाह गर्ने योजनामा रहेको आफुहरुको शंका रहेको करुणाको आमाको भनाई छ।
तर भोलीपल्ट किशोरी नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।प्रेमीले चौरमा भेट्न बोलाएर गएकी करुणा जंगलमा मृत फेला परेपछि घटना रहस्यमयी भन्दै स्थानियले निष्पक्ष छानविनको माग गरेका हुन्। परिवार र स्थानीयले घटनामा गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गरेका छन्।
गाउँका केही युवाहरुले घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिएको स्थानियको आरोप छ। उनीहरुले ति युवालाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।