Covid-19
City Express

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १ सय ४९ को ज्यान गयो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ।आज मात्रै कोरोना भाइरस संक्रमणबाट थप ३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३ को मृत्यु भएसँगै कोरोनाका कारण ज्यान जानेको कुल संख्या १ सय ४९ पुगेको छ।मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो सँगै नेपालमा कुल संक्रमित संख्या ३१ हजार ९ सय ३५ पुगेको छ

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु