२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ६४ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ६४ पुग्यो

नेपालमा आज मात्रै कोरोना भाइरस संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा १ जना काठमाडौँकी महिला तथा ६ जना पुरुषहरु पर्सा, धनुषा, रुपन्देहीका १, १ जना तथा काठमाडौँका २ जना गरेर ७ जनाको ज्यान गएको हो।

त्यस्तै नेपालमा आज ८५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या३३५३३ पुगेको हो।

जसमध्ये काठमाडौं जिल्लामा मात्रै आज १९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज ३१३ निको हुँदा देशभर निको हुनेको संख्या १९११९ पुगेको छ।एकातर्फ संक्रमण संख्यामा भारी वृद्धि भएको छ भने निको हुने संख्या पनि उल्लेख्य छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु