गृहपृष्ठ सुदूरपश्चिममा महान पर्व गौरा विशेष पुजाआजाका साथ मनाइँदै
सुदूरपश्चिममा महान पर्व गौरा विशेष पुजाआजाका साथ मनाइँदै

सुदूरपश्चिममा गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइने प्रचलन रहेको छ।
गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहाब्रत बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन्।
बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहानमा शुभ मुर्हतमा सामूहिक रुपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्राउछन्। गौरालाई गौराघरमा भित्राइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ।
गौरा भित्राइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्।
विशेष सुदुरपश्चिमेली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एक-अर्काका दुःख-सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ।
यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्व हो।यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले घरमा सुखशान्ती प्राप्त हुने, ईष्ट कुलदेवता प्रसन्न हुने जनविश्वास छ।