२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई आर्थिक सहयोग

लमजुङ समाज पोर्चुगलद्धारा पहिरो र मृगौलापीडितलाई आर्थिक सहयोग

लमजुङ समाज पोर्चुगलद्धारा संकलित आर्थिक सहयोग लमजुङका पहिरोपीडितलाई उपलब्ध गराइएको छ। मस्र्याङ्दी गाउँपालिका अन्तर्गत तरापुस्थित पल्लोटारीका २३ घरपरिवारलाई रु. २ लाख ३० हजार उपलब्ध गराइएको हो।

रोजगारीको सिलसिलामा युरोपियन मुलुक पोर्चुगल आएका लमजुङ र अन्य जिल्लाका नागरिकको सहयोगमा संकलित रकम वास्तविक पीडितलाई उपलब्ध गराइएको समाजका अध्यक्ष लोकेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार संकलित रकममध्ये पूर्ण क्षतिग्रस्त २१ घरपरिवारलाई १० हजारका दरले २ लाख १० हजार र छहरेखोलाका विस्थापित २ घरपरिवारलार्ई १० हजारका दरले रकम उपलब्ध गराइएको हो। सहयोग रकम पोर्चुगलबाट घरबिदामा लमजुङ पुगेकी स्वस्तिका गुरुङले बुधबार मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई बुझाएकी हुन्।

मस्र्याङ्दी–३ पल्लोटारीमा गाउँमाथिबाट पहिरो आएर बस्ती पुरेपछि पीडितलाई सहयोग गर्ने उद्धेश्यले समाजले ‘राहत कोष’ स्थापना गरी आर्थिक संकलन गर्नुपरेको अध्यक्ष गुरुङले बताए। ‘पल्लोटारीका पहिरो पीडितलाई राहत उपलब्ध गराउनको लागि सबै लमजुङबासीले साथ दिनुभएको छ।’ अध्यक्ष गुरुङ भन्छन्, ‘कोरोनाको महामारी भएपनि आफ्नो गास कटाएर पहिरो पीडितलाई सहयोग गर्नुभएको छ। यसप्रति सबै जिल्लाबासी र अन्य जिल्लाका सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दछु।’

अहिले रोजगारीको सिलसिलामा पोर्चुगल आएका लमजुङेको संख्या ६ सय माथि छ। उनिहरुकै सहयोगमा राहत संकलन सफल भएको समाजका सचिव कमल पनेरु बताउँछन्। उनले पिडामा रहेका पीडितलाई सानो रकम भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

चार जना मृगौलापीडितलाई जनही २५ हजार
लमजुङ समाज पोर्चुगलले संकलित रकममध्ये रु. एक लाख मृगौलापीडितलाई पठाएको छ । समाजले जिल्लाका चारजना मृगौलापिडितलाई जनही २५÷२५ हजारका दरले रकम पठाएको हो।

समाजका अध्यक्ष गुरुङका अनुसार यसरी रकम पाउनेमा क्व्होलासोंथर गाउँपालिका वडा न. १ का नारायण बहादुर गुरुङ, बेसीशहर नगरपालिका वडा न. ९ की सन्तकाशी गुरुङ, राईनास नगरपालिका वडा न. ५ का दीपक नेपाली र मस्र्याङ्दी गाउँपालिका वडा न. ३ की निरमाया भुजेल रहेका छन् । उनिहरुलाई उपचारमा सहयोग पु¥याउने हिसावले जनही २५ हजारका दरले रकम पठाइएको अध्यक्ष गुरुङको भनाई छ। ‘हामीले पीडितकै बैंक खातामा रकम पठाएका हौं।’ उनले भने रकम दुरुपयोग नहोस् भन्दै सम्बन्धित पीडितको बैंक खातामा जम्मा गरिदिएका हौं।’

थप सहयोग गर्ने प्रतिबद्धता घरदेश र परदेशमा रहेका लमजुङबासीका लागि सहयोग गर्ने हेतुले स्थापना गरिएको समाजले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। समाजका कोषाध्यक्ष बिशाल गुरुङका अनुसार राहत कोषमा ४ हजार ७ सय ८२ यूरो सहयोग जम्मा भएको छ ।

‘संकलित रकममध्ये तीन लाख ३० हजार पहिरो र मृगौलापीडितलाई पठाएका छौं।’ उनले भने, ‘कोषमा बाँकी भएको अन्य रकम स्वदेश र पोर्चुगलमा भइपरी आउने आपतकालिन शिर्षकमा खर्च गर्ने गरी समाजले निर्णय गरेको छ।’

समाजका उपाध्यक्ष सौगात विष्टले आपतकालिन सहयोग लमजुङमात्रै नभई अन्य जिल्लामा पनि गरिने जानकारी दिए। उनले समाजका पदाधिकारीको मिहेनत र दाताहरुको सहयोगले वास्तविक पीडितलाई राहत मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु