२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ९५ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या १ सय ९५ पुग्यो

नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार आज कोरोनाले ज्यान गुमाउनेहरुमा ४ महिला र ८ पुरुष रहेका छन्। आज मात्रै ९२७ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु