२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ कोरियाको अस्पतालमा जीवनमरणको दोषाधमा एक नेपाली

कोरियाको अस्पतालमा जीवनमरणको दोषाधमा एक नेपाली

अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गर्दै थापा मगर

ईपिएस मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी एक नेपाली चेलीले कोरियाको अस्पतालबाट जीवन बचाईदिन अनुरोध गरेकी छन्।

सिन्धुली जिल्ला घर भैइ हाल दक्षिण काेरियाकाे फाजुमा कृषि क्षेत्रमा कार्यरत नेपाली चेली यमकुमारी थापा मगर विगत २/३ बर्षदेखि मृगौलाकाे समस्याका कारण  उपचार गराउदै आएकी छन्।

विगत लामो समयदेखी मृगौलाको समस्या भोग्दै आएकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जीवनमरणको दोषाधमा मृत्युसंग सङ्घर्ष गरीरहेकी छन्।

यही अगस्ट २४ तारिख देखि अचानक दुवै मिर्गौलाले काम गर्न छाडेको कारण  ईल्सान हस्पिटलमा भर्ना भएकी हुन्।कृषिमा कार्यरत उनी विगतका दिनहरुमा कमाई गरेकाे रकम पनि खासै नभएकाे र कमाएकाे रकम पनि उपचारमानै खर्च गर्दै आइरहेकाले अहिले आर्थिक समस्यामा परेकी छिन्।

डाक्टरको सल्लाह अनुसार तुरुन्तै अप्रेसन गरी जीवन भर डायलिसिस गर्नु पर्ने अन्यथा बचाउन नसकिने भनाइ बाहिर आएको छ। उपचार खर्चपनी महँगो हुने भएकाले काेरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगकाे लागि उनले अनुरोध गरेकी छन्।

जटिल अवस्थामा गुज्रेकी थापाको उपचारका लागि सबै नेपालीहरुले सहयोगी हात अगाडि बढाउनु पर्ने देखिन्छ।सहयोगका लागि उल्लेखित बैंक खाता नम्बर दिइएको छ।

खातावालाको नाम:Thapa Magar Yam Kumari

खाता नम्बर :3021086789041

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु