२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ सम्पूर्ण नेपालीको नजरमा हिरोनै बने कुलमान

सम्पूर्ण नेपालीको नजरमा हिरोनै बने कुलमान

सहि व्यवस्थापन र कुशल नेतृत्वका ज्वलन्त उदाहरण हुन् कुलमान

आम नेपाली जनताको मुखमा झुन्डिएको नाम मध्ये कुलमान घिसिङको नाम पनि अग्रपंक्तिमा आउँछ। कुनै समय नेपालीहरु झण्डै १८ देखि २० घण्टा लोडसेडिङ खेप्दै अध्यारोमा बस्न बाध्य थिए।

नेपाली जनता जस्तो सुकै गर्मी र रापमा पनि पसिना चुहाँउदै बस्न विवश थिए भने कति वेला बत्ती आउँछ वा जान्छ पत्तै हुने थिएन। नेपालमा पनि बिजुली छ र भन्ने अवस्थामा पुगिसकेको थियो।

त्यस्तो अन्धकार समयमा गुज्रेको नेपाललाई उज्यालो नेपाल बनाउने विषय सामान्य पक्कै थिएन।गरे के हुदैन !असम्भवनै के छ र!यो चरितार्थलाई नेपाल विधुत प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङले तथ्यसहित प्रमाणित गरेका छन्।

उनको कार्यकाल अगाडि थुप्रै हाकिमले अड्डा जमाए,धन कमाए,सम्पत्ति जोडे र व्यक्तिगत स्वार्थ पुरा गरे तर जनताको आवश्यकता के हो भन्ने तर्फ हेक्का राखेनन्।सहि व्यवस्थापन र कुशल नेतृत्व भयो भने जस्तो सुकै कठिन काम पनि किनारा लगाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन् घिसिङ।

तत्कालीन समयमा सरकारले अख्तियार गरेको उज्यालो नेपाल परिकल्पनालाई घिसिङले साच्चिकै यथार्थमा बदले।उनी नियुक्ति भएको दिनदेखिनै हरहमेसा माग र वितरण बिचको व्यवस्थापन र चुहावट नियन्त्रणमा कम्मर कसेर लागे।झन्डै २४% चुहावट रहेको विधुत वितरणमा १०% घटाएर अहिले १३/१४% को हाराहारीमा झारेका छन्।

प्राधिकरणमा मौलाएको भ्रष्टाचार ,कमिसन, दलालिकरण र माफियातन्त्रलाई निमिट्यान्न पार्न उनी सफल भए।भ्रष्टाचारमा रमाएका कतिपय माफियाहरुले उनलाई बलजफ्ती वदनाम गराउन हरेक उपाय अवलम्बन गरेतापनि सफल हुन सकेनन्।

अन्ततः कमिसनमा चुर्लुम डुवेका प्राधिकरणका तत्कालीन संचालकहरु आफै हट्न वाध्य भए भने माफियाहरुको मुख बन्द भयो।इन्भर्टर र सोलार व्यवसायमा कालो धन्दा गरेर रातारात पैसा कमाउने सपना बोकेका एजेन्टहरु दुलाभित्र पसे।

सुरुवातमा काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त गरेका घिसिङले विस्तारै देशैभरी लोडसेडिङ अन्त्य गरे।अन्ततः उज्यालो नेपाल बनाएरनै सम्पूर्ण नेपालीको हिरो बने घिसिङ।उनको कार्यकालमा धेरै विधुतका परियोजनाहरु निर्माण सम्पन्न भएका छन् भने कतिपय निर्माण पुरा हुने अन्तिम चरणमा छन्।

उनी प्रवेश गर्नु अघि झन्डै ३४ अर्व घाटामा रहेको प्राधिकरण गत बर्ष संचिति घाटालाई पुर्ती गरेर बार्षिक १४ अर्व नाफा गर्न सफल भयो।अहिले अनुमान भन्दा बढि नाफा हुने प्राधिकरणले प्रक्षेपण गरेको छ।

जनताको चाहना बमोजिम पुनः दोश्रो कार्यकालका लागि पनि घिसिङकै निरन्तरता दिन आवाज बुलन्द भएको छ।अहिलेको वर्तमान समयमा उनिनै उपयुक्त र सहि पात्र भएको आम नेपालीको धारणा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु