गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि
नेपालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा भारी वृद्धि भएको छ।दिनप्रतिदिन कोरोना संक्रमण फैलिएको पछिल्ला तथ्यांकहरुले पुष्टि गरेका छन्।यस्तो जटिल परिस्थितिमा सबै नागरिकले निकै सावधानी अपनाउनु पर्ने जरुरी देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ९९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को ओखलढुंगामा १ जना, खोटाङमा १ जना, झापामा ५ जना, मोरङमा १९ जना, संखुवासभामा ९ जना र सुनसरीमा २५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, प्रदेश २ को धनुषामा ३१ जना, पर्सामा ३४ जना, बारामा २३ जना, महोत्तरीमा ६ जना, रौतहटमा १ जना, सप्तरीमा २२ जना, सर्लाहीमा १ सय ३ जना र सिरहामा ५ जनामा संक्रमण देखिएको छ।यता, वागमती प्रदेशको काठमाडौँमा १ सय ९० जना, काभ्रेमा १३ जना, चितवनमा ७१ जना, दोलखामा २ जना धादिङमा १ भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २ जना, ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, गण्डकी प्रदेशका कास्कीमा ३ जना, गोरखामा १३ जना, तनँहुमा २६ जना, नवलपरासी पूर्वमा ४ जना, लमजुङमा २ जना र बाग्लुङमा ४ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ को अवस्था पनि नाजुक देखिएको छ। अर्घाखाचीमा २ जना, कपिलबस्तुमा १ जना, नवलपरासीमा ३ जना, पाल्पामा १ जना, बर्दियामा २ जना, बाँकेमा १४ जना र रुपन्देहीमा ११ जनामा संक्रमण देखिएको छ। त्यस्तै कर्णाली प्रदेशमा जुम्लामा १ जना र सुर्खेतमा ३८ जनामा संक्रमण देखिएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २३ जना, कञ्चनपुरमा ७ जना, कैलालीमा १६ जना, डोटीमा १ जना, बैतडीमा २ जना, बझाङमा १ जनामा संक्रमण देखिएको छ।