२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुग्यो

कोभिड–१९ को कारणले आज एकै दिन ११ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा महोत्ततरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिनुभयो।

महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन्।

हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २३९ जना पुगेको छ। नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०।५९ प्रतिशत हो। गौतमले सङ्क्रमणको दर बढ्दै गइरहेकाले सचेत रहन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु