गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

नेपालमा आज मात्रै १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९१७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ।कोरोनाकै कारण थप ६ जनाको ज्यान गएसँगै हालसम्म ज्यान गुमाउनेकाे संख्या २५७ पुगेको मन्त्रालयले जनाएको छ।