गृहपृष्ठ नेपालमा एकै दिन थपिए १ हजार ३ सय ५९ कोरोना संक्रमित
नेपालमा एकै दिन थपिए १ हजार ३ सय ५९ कोरोना संक्रमित

नेपालमा एकैदिनमा १ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना संक्रमित निको भएर घर फर्किएका छन्।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ।थप १४ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २७१ पुगेको मन्त्रालयले जनाएको छ।