२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ कुवेतमा एक नेपालीको असामयिक निधन

कुवेतमा एक नेपालीको असामयिक निधन

कुवेतमा रहेका एक नेपालीको असामयिक निधन भएको छ।

१ वर्ष अघि कुवेत पुगेका काभ्रेपलान्चोकका विष्णुबहादुर तामाङको मृत्यु भएको हो। उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको जनाइएको छ।

तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि कम्पनीमा
फर्काइएको थियो।

पुन : रोगले च्यापेपछि कुवेतको आदान अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

मृतक कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। उनको घरमा श्रीमती र २ वर्षकी छोरी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु