२०७९ माघ २१ गत शनिवार | February 04, 2023

गृहपृष्ठ भारतिय चर्चित अभिनेत्री मलाइका अरोरालाई कोरोना संक्रमण भएको पुष्टि

भारतिय चर्चित अभिनेत्री मलाइका अरोरालाई कोरोना संक्रमण भएको पुष्टि

लोकप्रिय नायिका मलाइका अरोरालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ। मलाइकालाई कोरोना लागेको जानकारी उनकी बहिनी अमृताले दिइन्।

मलाइकालाई अहिलेसम्म कोरोनाको कुनै लक्षण भने देखिएको छैन। कोरोना संक्रमणको पुष्टि भएसँगै मलाइका होम आइसोलेसनमा बसेकी छिन्।

त्यस्तै चर्चित नायक अर्जुन कपुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाभाइरसको संक्रमण पुष्टि भए लगत्तै नायक अर्जुनले सामाजिक सञ्जालमार्फत आँफुमा संक्रमणको पुष्टि भएको जानकारी गराएका छन्।

निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङका क्रममा विभिन्न स्थालमा हिँडिरहेका अर्जुनलाई लक्षण भने नदेखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु