२०७९ असोज १७ गत सोमवार | October 03, 2022

Bharat Poudel

गृहपृष्ठ पूर्वप्रधानमन्त्री भट्टराईद्वारा तत्काल जनतालाई राहत उपलब्ध गराउन माग

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा तत्काल जनतालाई राहत उपलब्ध गराउन माग

जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बेरोजगार र विपन्न जनतालाई तत्काल नगद/जिन्सी राहतको व्यवस्था गर्न माग गरेका छन्।डा.भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा केही तस्बिरहरु सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्।

‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो ?,’ उनले प्रश्न गरेका छन्, ‘कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो ?

भट्टराईले सुरक्षाका मापदण्ड कायम गर्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा पनि जोड दिएका छन्। ‘सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्‍यो,’ उनले माग गरेका छन्।

जनताले राहत नपाउने अवस्थामा उच्च पदस्थको तलब पनि रोक्न उनले सुझाव दिएका छन्। उनले भनेका छन्, ‘आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने मन्त्री/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु