गृहपृष्ठ नेपालमा कोरोना संक्रमणबाट आज मात्रै ६ को ज्यान गयो,कुल संख्या ३ सय ६ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज मात्रै ६ को ज्यान गयो,कुल संख्या ३ सय ६ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको ज्यान गएको छ। सोमबार ११ जनाले ज्यान गुमाएकोमा आज भने ६ जनाले ज्यान गुमाएसँगै दशेभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ।
त्यस्तै नेपालमा आज ९०२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। योसँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ।आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन्।