गृहपृष्ठ कतारमा रहेका १ सय ४५ नेपाली उद्धार उडान मार्फत नेपाल फर्किए
कतारमा रहेका १ सय ४५ नेपाली उद्धार उडान मार्फत नेपाल फर्किए

कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ३५औं उडानबाट १४५ जना नेपाली स्वदेश फर्किए छन्।
दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत उनीहरु स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए।
दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसी आर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए।
स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
यसैगरी दूतावासका अनुसार नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि भोली उडान गर्ने छ भने हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ।