२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

नेपालमा आज मात्रै १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९१८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ। कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ।यो सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु