२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला

मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला

मलेसियामा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ। चार वर्षअघि एक लरी चालक नेपाली नागरिककै हत्या गरेको अभियोगमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह तेलीलाई उच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो।

क्वालालम्पुरस्थित नेपाली दूतावासका जेल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत गएको १७ अगष्टमा मृत्युदण्डको फैसला सुनाइएको थियो।

उनलाई उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले घटनामा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाएका हुन्।

तेलीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली युवाको हत्या गरेको अभियोग लगाइएको थियो।

नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता करनजीत कौरले तेलीका तर्फबाट मुद्दा लडेकी थिइन्।

श्रोत :DC नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु