गृहपृष्ठ अमेरिका लाने भन्दै लाखौ ठगी गर्ने दुई व्यक्ति पक्राउ
अमेरिका लाने भन्दै लाखौ ठगी गर्ने दुई व्यक्ति पक्राउ
पश्चिम रूकुमका दुई पुरूषलाई अमेरिका लैजाने भन्दै ४१ लाख रूपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
हाल बबरमहल बस्दै आएका ५४ र ५५ वर्षका दुई पुरूषलाई गत वर्षको साउनमा अमेरिका लैजाने भन्दै फिलिपिन्सको मनिला पुर्याएर अलपत्र पार्ने दुई जना पक्राउ परेका हुन्।
उक्त घटनामा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका बस्ने बर्ष ३२ का ‘रवी’ भन्ने रिकेश महर्जन र काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने वर्ष २२ की कमला लामालाई पक्राउ गरेको मानव बेचविखन अनुसन्धान व्युरोले जनाएको छ।
यही घटनामा संलग्न रहेका सतिस बर्तौलालाई भने गत साउन २९ मा नै पक्राउ गरिएको व्युरोले जनाएको छ । उनीहरू तीन जनाले पीडितलाई फिलिपिन्स पुर्याएर मानसिक र शारीरिक याताना दिएको समेत प्रहरीले जनाएको छ।